• २०८३ बैशाख २८ गते सोमवार

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।

आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । खड्का घरमै आराम गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस