- खबर24नेपाल समाचारदाता
माघ २१, काठमाडौं । तार्केश्वर नगरपालिका-१० हिलेटोलमा प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ ।
तार्केश्वर नगरपालिका -१० हिलेटोल स्थित बिशाल राईको खाली जग्गा भाडामा लिई टिनको टहरो निर्माण गरि पेम्बा शेर्पाले अबैध घरेलु मदिरा उत्पादन गर्ने गरेका थिए । घरेलु मदिरा बनाउने भन्ने गोप्य सूचनाको आधारमा महानगरिय प्रहरी वृत बालाजुले उक्त मदिरा नष्ट गरेको हो ।

प्रहरी टोलीले उक्त टहरो भित्र चेकजाँच गर्ने क्रममा अन्दाजी ५०० के.जि. अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ र अन्दाजी १५०० लि.तयारी अबैध घरेलु मदिरा बरामद गरि स्थानिय मानिसहरु तथा वडा प्रतिनिधीहरुको रोहबरमा सुरक्षित तवरले रितपूर्वक नष्ट गरिएको महानगरिय प्रहरी वृत बालाजु प्रमुख डिसपी रंजितसिंह राठौरले जानकारी दिनुभयो ।