• २०८३ बैशाख ८ गते मङ्गलवार

कविता : मेरो देश बोकि हिंड

हिम श्रेष्ठ पढ्न लाग्ने समय : १ मिनेट

हात हुनेहरुले मेरो देश समाई हिंड
खुट्टा हुनेहरुले मेरो देश बोकि हिंड
मुख हुनेहरुले वीरताको नारा लगाउ
गाउँ र शहरबाट सुतेकालाई जगाउ

लेख्न जान्नेहरुले लेख्नु समस्याहरु
पढ्न जान्नेहरुले पढ्नु समस्याहरु
धन हुनेहरुले धन नहुनेलाई सघाउनु
मन हुनेहरुले तन मन दुबै लगाउनु

सीप हुनेहरुले सिपका काम गर्नु
ज्ञान हुनेहरुले ज्ञानको ज्योति छर्नु
किसानिहरुले खेतीपाती गर्नु
केही नजान्नेहरु लगाएको काम गर्नु

बुढा बा आमा आराम गर्ने उमेर हो
साना बालबालिका ज्ञान भर्ने उमेर हो
लक्का जवानहरु यो देशको कर्णाधार
लागौं बनाउन बिकासका पुर्वाधार

छैन समय अब भोलि भोलि भन्ने
ढिला नगरौं लौ देखाउन सौजन्य
पर्खिए पनि हामिले समयले पर्खिन्न
गर्‍यौं भने अविलम्ब हुन्छ छिन्नभिन्न

तनहुँ, हाल अफ्रिका

Sharing

प्रतिक्रिया दिनुहोस