मंसिर ९, पाँचथर । पाँचथरमा भालुले आक्रमण गर्दा एक जना गम्भीर घाइते भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते हुनुभएको हो ।
फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आउनुभएका वृद्धलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आक्रमण गरेको थियो । वृद्धको अवस्था गम्भीर रहेको छ । राईलाई उपचारका लागि सदरमुकाम लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।