• २०८३ असोज ८ गते बिहिवार

अटिजम केयर सेन्टरकाे तथ्यांकअनुसार नेपालमा ३ लाख भन्दा बढी बालबालिकामा अटिजमकाे समस्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

चैत २५, काठमाडौं | अप्रिल २ लाई सन्सारभर विश्व अटिजम दिवसका रूपमा मनाउने सन्दर्भमा साेहि अवसर पारेर लायन्स तथा लियो क्लव अफ अव्वल भ्यालीले सप्ताहव्यापी रूपमा कार्यक्रम बनाई अटिजम सम्वन्धमा जनचेतना फैलाउने अभिप्रायस्वरूप विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ | अटिजम केयर सेन्टरकाे तथ्यांकअनुसार हाल नेपालमा ३ लाख भन्दा बढी बालबालिकामा अटिजमकाे समस्या रहेको र याे तथ्यांक अझ बढी हुनसक्ने अनुमान गरिएको हुंदा सिंगो समाज यसतर्फ सचेत हुन जरुरी रहेको महशुस गरि लायन्स तथा लियो क्लब अफ अव्वल भ्यालीले सप्ताहव्यापी कार्यक्रम आयोजना गरि Autism Awareness Week मनाएको हाे ।

यसको सुरूवात ७० भन्दा बढी मेडिकल स्टुडेन्टकाे सहभागीता रहेको अटिजम सम्वन्धि विशेष कार्यशाला गाेष्ठीबाट गरिएको थियो । जुन कार्यशालाबाट प्रशिक्षार्थीहरूले अटिजम सम्वन्धि ज्ञान हासिल गरेका थिए । जुन कार्यक्रमका लागि Autism Care Society Nepal काे विशेष सहयोग रहेको थियोे ।

अर्को कार्यक्रमकाे रूपमा लियाे लिडरहरू र लियो सदस्यहरूसमेतकाे सहभागितामा काठमाडौंकाे सुन्धारास्थित धरहरामा अटिजम जनचेतनाकाे प्रतिकस्वरूप निलाे रंगकाे बत्ती बालिएकाे (blue lightening ) थियो । यश कार्यक्रमका लागि अटिजमकाे जनचेतना बढाउने क्षेत्रमा काम गर्दै आएको ACNS काे सहयोग सह्राहनिय रह्यो ।

साप्ताहिक कार्यक्रमकाे अन्त्यमा महाराजगन्जस्थित त्रि.बि.शिक्षण अस्पतालमा blue lightening काे कार्यक्रम र अटिजम जनचेतना सभा आयोजना गरिएको थियो । कार्यक्रममा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट तथा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ का district advisor अधिवक्ता राजु खड्का , PSRN प्रेसिडेन्ट डा.अनुज पाण्डे, लियो क्लब अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट डा.बिबेक पाैडेल, लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट प्रकाश थापा र भिपी याेगेश गाैतम लगायतको उपस्थिति रहेकाे थियो |

लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट अधिवक्ता राजुु खड्काले अटिजम कुनै किसिमको राेग नभई मानिसको विशेष किसिमको दिमागी अवस्था भएको बताए । महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानमा आयाेजित कार्यक्रममा चार्टर प्रेसिडेन्ट खड्काले उक्त कुरा बताउनुभएको हाे । अटिजमका बारेमा आफ्ना धारणा राख्ने क्रममा उहाँले अटिजम कुनै राेग नभएको, बरू याे मानिसको दिमागकाे एउटा विशेष अवस्था भएको बताउनुभयो ।

याे मानिसको मस्तिष्क बिकासमा आएको असमानता भएको र यसका कारणले गर्दा बच्चाले दाेहाेराे संवाद गर्न नसक्ने, आफ्ना कुरा व्यक्त गर्न गाह्रो हुने, अरूका कुरा बुझेर आफ्नो व्यवहार परिवर्तन गर्न नसक्ने जस्ता सामाजिक र सञ्चारसम्वन्धि समस्या देखा पर्ने गर्छ । यसमा बालबालिकाहरू सामान्य बालबालिकासरह गतिविधि देखाउन असक्षम हुने र केही अस्वाभाविक गतिविधि देखाउने गर्छन् । यस्तो अवस्थामा बच्चाको उमेर अनुसार हुनुपर्ने व्यवहारिक विकास, सामाजिक विकास अनि एकार्कामा सञ्चार गर्ने क्षमताको विकास नहुने गर्दछ । उनले याे समस्या प्रारम्भिक समयमा नदेखिने भएकोले पहिचान गर्न गाह्रो हुने हुंदा अटिजम ढिलो पत्ता लाग्ने र समाधानमा विभिन्न कठिनाइ आउने बताए ।

अटिजम भएका मानिसहरूलाई असहज व्यवहारका कारण सामाजिक रूपमा सामान्य जिवन बिताउन गाह्रो हुने हुंदा यसलाई जति छिटो पत्ता लगाउन सकियो त्यति छिटो उनीहरूलाई थेरापीकाे मद्दतले सञ्चार प्रतिक्रियाका लागि सक्रिय बनाउन सकिने हुंदा यसमा अभिभावकले विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस