• २०८३ बैशाख ८ गते मङ्गलवार

८ मार्च :परिवारलाई समस्या पर्ने त्रासले हिंसा सहेर बस्न बाध्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २४, सप्तरी । राजविराज नगरपालिका(१ कि ५० वर्षीया महिला बोक्सीको आरोपमा पटक(पटक प्रताडित छिन् । समाजको डरले उनी उजुरी गर्न गएकी छैनन् । उनका अनुसार आफन्त र छिमेकीको घरमा कोही बिरामी भएमा बोक्सीको आरोप लाग्छ । तीन छोरी र एक छोराको विवाह गर्ने बेलामा उजुरी गर्न गएमा घरपरिवार नै समस्यामा पर्ने उनमा पीर छ ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका( २ कि २७ वर्षीया पूजाकुमारी चौधरीलाई बोक्सीको आरोप लगाएर गाउँलेले कुटपिट गरेपछि गत २० माघमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपित फरार छन्। पूजा भन्छिन्,झगाउँमा कोही बालबालिका बिरामी भयो कि मलाई बोक्सीको आरोप लगाउँछन् । कुटपिट पनि हुन थालेपछि कानुनी उपचारमा गएकी हुँ ।ु

राजविराज नगरपालिका(५ कि ६० वर्षीया दुखनीलाई जेठाजुका छोराले बोक्सीको आरोप लगाएर छिमेकीको उपस्थितिमा दिसापिसाब खुवाउन तम्सिए । प्रहरीले उनलाई जोगाए । भन्छिन्, ुनयाँ जिन्दगी पाएकी छु ।ु दुखनीका जेठाजुकी गर्भवती बुहारीको मृत्यु भएपछि भतिजले उनीमाथि बोक्सी आरोप लगाएका थिए ।

दुखनी मात्र होइन उनकी बुहारीलाई पनि बोक्सी आरोप लगाइयो । झत्यो घटनाले मानसिक पीडा भयो । दुई वर्षसम्म समस्या भयो, उनी भन्छिन् ।

अहिले उनको जीवन सामान्य छ । सानोतिनो व्यापार पनि गरिरहेकी छन् । अधिकारकर्मी अनिता देवकोटा सासुबुहारीलाई बोक्सीको आरोप लगाई दिसापिसाब खुवाउन लागेको जानकारी पाएर प्रहरीको सहयोगमा उद्धार गरिएको बताउँछिन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६र०७७ मा ६, ०७७र०७८ मा दुई र चालू आर्थिक वर्षमा ६ जना पीडितको उजुरी परेको छ ।

सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले बोक्सीको आरोपमा पीडित भएको उजुरी कम आउने गरेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस