• २०८३ मङ्सिर १३ गते शनिवार

जसले मसुहर बालिकालाई धर्मपुत्री बनाए, अहिले विवाह गरिदिँदैछन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, सप्तरी । समाजमा छुवाछूत कायमै रहेका बेला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-३ का सत्यनारायण चौधरीले उदारणीय काम गरेका छन् । सानैदेखि मुसहर दलित परिवारकी बालिकालाई आफ्नी छोरी बनाएर लालनपालन गरेका चौधरीले अहिले २४ वर्ष पुगेपछि विवाह गरिदिन लागेका हुन् ।

उनले ती आफ्नी छोरी संगीताकुमारी सदाको राजविराज-१२ बस्ने बद्री सदाका छोरा दिनेश सदासँग २५ फागुनमा गरिदिन लागेका हुन् । छूवाछूतविरुद्ध सकारात्मक सन्देश दिन मुसहर युवतीको लालनपोषण गरेको उनले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले भनिन्,झसत्यनारायणले चाहेको भए आफ्नै थरकी बालिकालाई धर्मपुत्री बनाउन सक्नुहुन्थ्यो । उहाँले त्यसो नगरी छूवाछूतविरूद्ध सकारात्मक परिवर्तनको लागि मुसहर बालिकालाई धर्मपुत्री बनाउनुभयो ।

चौधरीले समाजलाई छूवाछूत विभेदबाट मुक्त गर्न भूमिका खेलेको र यसबाट समाजले पाठ सिक्नुपर्ने गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस