• २०८३ बैशाख ७ गते सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, बर्दिया । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका-४ बस्ने २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बारबर्दिया नगरपालिका-१ स्थित जनशान्ति सामुदायिक वनमा प्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस