माघ २५, हेटौंडा।राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका हुन्।

मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।राप्रपा निबर्तमान अध्यक्ष एबं पुर्ब उपप्रधानमन्त्री कमल थापाले गृह नगर हेटौंडामा आज आयोजित पत्रकार सम्मेलन मार्फत राप्रपाबाट अलग हुने निर्णय गर्नुभएको छ ।