• २०८३ मङ्सिर ६ गते शनिवार

घट्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस