• २०८३ बैशाख ८ गते मङ्गलवार

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-७ शिबचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा ननगरपालिका-६ मुलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा तास खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ हजार ५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस