पौष २३,मुगु । जुम्ला जिल्लामा रहेकाे एक नगरपालिका र सात गाउँपालिकामा रहेका सयौं बस्तिहरु मध्य कनका सुन्दरि गाउँपालिकाकाे वडानम्बर ३ मा रहेकाे ढ्याम बस्ति पहिलो सुरक्षित खानेपानि युक्त समुदाय घाेषणा गरिएको छ ।
याे ढ्याम बस्तीका १५ घरदुरिका ८०जना मानिसहरू बिगत दुई दशक देखि कुवा र नाउलाकाे पानी खादे े अाएका थिए ।
पछिल्लो समयमा कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३काे २लाख र युनिसेफ नेपालकाे ४ लाख ३९हजार ५सय गरि जम्मा ६लाख ३९हजार ५ सय बजेटले १५ घर र एक ईसिडि बिद्यालयमा प्रगि घर १/१सुरक्षित घरकाे अागनमा खाने पानिकाे धारा बनेकाे हुदा अाज एक कायकरम गरि सुरक्षित खानेपानि युक्त समुदाय घाेषणा गरिएको कनका सुन्दरि गाउँपालिकामा कायरत युनिसेफ नेपालका खानेपानि सरसफाइ तथा स्वच्छता कायकरम सयाेजक मुकुन्द रावलले बताएका छन ।
दुई दशक पहिले देखि नाउला खाेला,काे दुशीत खानेपानि खादै आएका थियौं यहि पानिमा पहिला दिशामा हुने किटाणु समेत खादै आएका रहेछौं अहिले पालिका र युनिसेफले गर्दा पानिकाे गुणस्तर परिक्षण गरि सुदृ सुरक्षित खाने पानी घरघरमा खान पाउँदा निकै खुसि भएकाे कनका सुन्दरि गाउँपालिका ३ढ्याम गाउँ बस्ने नन्दराम बुढाले बताएका छन ।
कनका सुन्दरि गाउँपालका भित्र रहेका धेरै बस्तीहरु एक घर एक धारा निमाण गरिएका छन । अन्य बस्तीहरुमा धारा निमाण हुदै छन । याे ढ्याम बस्तिमा सबै घरघरमा धारा निमाण भइ सकेका छन । पानिकाे परिक्षण गदा खाने पानि सुदृ भएको हुदा याे ढ्याम बस्ति सुरक्षित खानेपानि बस्ति घाेषणा गरिएको र अन्य बस्ति घाेषणा गर्न बाकि रहेकाे कनका सुन्दरि गाउँपालिकाका अध्यक्ष नरबिर रावतले बताएका छन ।