• २०८३ जेष्ठ २ गते शनिवार

चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३, चितवन । भरतपुर महानगरपालिका(२४ अमृत चोक बस्ने २१ वर्षीय सन्तोष पाण्डेलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुदिप मोक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको विषयमा झगडा हुँदा सुदिपले सन्तोषलाई उक्त चोकमा चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फूलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका सन्तोषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस