• २०८३ असार ९ गते मङ्गलवार

मध्यपुरथिमि नगरप्रमुख श्रेष्ठ सम्मानित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २३,भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको पूर्वाधार, कला, संस्कृति , सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका विकासमा योगदान पु¥याएवापत नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सम्मानित हुनुभएको छ ।

एजुकेसन भ्वाइस नेपालद्वारा आज मध्यपुरथिमिमा आयोजित कार्यक्रममा उहाँलाई संस्थाका अध्यक्ष रमेश गिरीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “मध्यपुरथिमि नगरपालिका चार वर्षअगाडि कस्तो थियो, आज कस्तो छ, यहाँका बासिन्दाले मात्रै हैन, थिमि आउने जो कोहीले अनुभवन गर्न सक्छन्, थिमि विकासमा उत्कृष्ट ३ मा पर्न सफल भएको छ ।” कार्यक्रममा नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले मध्यपुरथिमिको विकासको चर्चा गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति र महासङ्घ भक्तपुरका सल्लाहकार एवं प्रशिक्षक पुष्करराज बुढाथोकीले पत्रकारिता क्षेत्रको भविष्य र अवसरका बारेमा चर्चा गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस