• २०८३ बैशाख ४ गते शुक्रवार

नेप्से ४३ अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २०, काठमाडौं ।  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ४३.२० अंकले बढेर बन्द भएको छ । आज २२८ धितोपत्रका ३९ लाख १३ हजार ५७३ कित्ता सेयर एक अर्ब ५४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि बिहीबारको तुलनामा २.१३ प्रतिशतले वृद्धि भएर ३८७.५२ विन्दु कायम भएको छ । कतिपय कम्पनीको सेयर मूल्य पनि बढ्न थालेको छ ।आइतबार लघुवित्त समूहका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । गएको शनिबार करिब ७७ प्रतिशत लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य यस दिन १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०९ रुपैयाँ ९० पैसाले बढेर तीन हजार ४०८ रुपैयाँ ९० पुगेको छ ।

यस्तै, मानुषी लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । यी बाहेक मनकामना स्मार्ट र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ४.५८ प्रतिशतले वृद्धि भएको छ ।

यो दिन ‘अन्य’ समूह र वित्त समूहको परिसूचक पनि ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस