• २०८३ असार १७ गते बुधवार

दसैंको दोस्रो दिन, मान्यजनबाट टीका ग्रहण गरिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौं । बडा दसैंको टीकाको दोस्रो दिन आज एकादशी । विजया दशमीको दिनमा मान्यजनका हातबाट टीका जमरा लगाएर आशिर्वाद लिन नपाएका र नभ्याएकाहरुले एकादशीको दिन पनि टीका ग्रहण गर्ने चलन छ ।

टाढा रहेका आफन्त टीकाको दिन टीका ग्रहण गर्न नआइपुग्ने हुँदा कोजाग्रत पुर्णिमाको दिनसम्म नै टीका लगाएर आशीर्वाद लिने सकिने परम्परा रहिआएको छ । बडा दसैंको दशौं दिन विजया दशमीको दिनबाट पाँच दिनसम्मै मान्यजन र आफन्तकहाँ पुगेर टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

आज पनि विहानैदेखि टीका लगाउन मान्यजन र आफन्तकहाँ जानेहरुको चहलपहल सडकहरुमा देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस