• २०८३ जेष्ठ २६ गते मङ्गलवार

महिला भलिबल खेलाडीलाई पोशाक वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, दमक । स्व मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले आज प्रदेश नं १ का महिला भलिबल खेलाडीलाई खेल पोशाक वितरण गरेको छ ।


प्रजातन्त्रका सेनानी स्वर्गीय राईको १६आँै स्मृति दिवसको अवसर पारेर सो सामग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले बताउनुभयो ।

ती पोशाक प्रतिष्ठानका सदस्यसमेत रहेका बेलायत बस्दै आउनुभएका बक्सिङ खेलाडी रवीन राईले प्रायोजन गर्नुभएको थियो । पोशाक हस्तान्तरणमा स्व राईका परिवारका तर्फबाट बुहारी सवनम राई, छोरा रञ्जन राई, नाति विजय सुब्बालगायत खेलप्रेमीको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस