• २०८३ बैशाख ७ गते सोमवार

मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक सूचीसहित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष २२,काठमाडौं । मन्त्रिपरिषद् बैठक १४ वटा निर्णय सार्वजनिक भएको छ ।


बुधबार बसेको मन्त्रिपरिषद् बैठकका उक्त निर्णय आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय
१। आर्थिक वर्ष २०७८्र्र,७९ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ निर्धारण गर्ने निर्णय भएको छ ।

२। आर्थिक वृद्धि तथा उत्पादनशिलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन करिब १० अर्ब ३९ करोड रुपैयाँ नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

३। राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागु हुने गरी मुख्य अनुसन्धान पदमा बढुवा गर्ने निर्णय भएको छ ।

४। एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराउने निर्णय भएको छ ।

५। गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासनका शाखा प्रमुख जिल्ला अधिकारीहरूलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय भएको छ ।

६। नेपाल विद्युत् प्राधिकरणका विभिन्न वितरण केन्द्र र प्रसारणलाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक अधिकार चलाउने अधिकारी तोक्ने निर्णय भएको छ ।

७। वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथामिकता प्राप्त र ठूला पूर्वाधार आयोजनाको क्षेत्राधिकारभित्र पर्ने रुख कटानलाई पहिलो प्राथामिकता दिने गरी आवश्यक रुखहरू कटानमुछान गर्न र नमुनाहरू प्रयोगशालासम्म ल्याउन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

८। निजगढको कोहल्वी ३३ किमि सबस्टेसन निर्माणका लागि दुई बिघा जग्गा नेपाल विद्युत् प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको छ ।

९। राजपत्रांकित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउतलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ ।

१०। राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा सुरेन्द्र बस्नेत, दमक–१, झापालाई नियुक्त गर्ने निर्णय भएको छ ।

११। प्रहरी नवौँ संशोधन नियमवाली–२०७८ स्वीकृत गर्ने निर्णय भएको छ ।

१२। नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमबार र बिहीबार प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको छ ।

१३। गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको छ ।

१४। दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटरेवल पुलको निर्माण गर्न दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस