• २०८३ जेष्ठ १९ गते मङ्गलवार

चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । चन्द्रागिरी नगरपालिका-१५ स्थित सडकबाट चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार सहित अछाम मंगलसेन नगरपालिका-९ घर भएका १९ वर्षीय निरज खत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रुपमा मध्य रातमा हिँडिरहेको अबस्थामा फेला पारी प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट चोरी गर्ने नियतले चोरी गर्न प्रयोग हुने औजार तथा हतियार बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट ७ वटा फलामे रड (डण्डी) १४ वटा तामाका फलामे कलश, मन्दिरका घण्टी ३ वटा, १र१ थान हँसिया, हतौडा, बेल्चा, पिलाश, रिन्च र भाँडा प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी सम्बन्धी कसूर मुद्धा दर्ता गरी काठमाडौं जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस