चैत २२, काठमाडौं । शान्तिका लागि साझा अभियान (कोक्याप)को १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाको उद्घाटन समारोहका प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका सदस्य डां राम कुमार फुयाँलले साधारण सभाको पुर्ण सफलताको कामना गर्नुभयो ।

प्रमुख अतिथि डा. फुयाँलले नेपालमा सामाजिक सुरक्षा सम्बन्धमा नेपाल सरकारको नीतिगत व्यवस्था, यसको कायन्वयन अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैगरी उद्घाटनसत्रमा सार्वजनिक नीति तथा प्रशाषन र राजनीतिक विष्लेषक राकेश कर्णले नेपालमा नागरिक समाजको वर्तमान अवस्था र यसको भावी रणनीतिका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।

त्यसैगरी, कोक्यापले सञ्चालन गरेको १३ औ मानव अधिकार राष्ट्रिय महाभेलालाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने व्यत्ति, तथा संघसंस्थालाई मायाको चिनो दिएर सम्मान गरिएको छ । संस्थाको बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा कोक्यापका अध्यक्ष तथा साधारण सभाका सभा अध्यक्ष रोश्ना खड्काले कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथि लगाएत सम्पुर्ण सहभागीलाई धन्यवाद दिनुभयो ।
त्यसैगरी कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई स्वागत गर्नुभएको थियो भने, कार्यक्रमको सहजीकरण सस्थाका महासचिव पुस्पराज पौडेलले गर्नुभएको थियो । संस्थाको वार्षिक साधारणको उद्घाटन सत्रपछि वन्द सत्रमा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रगति सँगै भावि रणनीति प्रस्तुत गरिएको थियो ।