चैत २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप २४ जनामा कोरोना संक्रमण भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ५ सय २८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८ सय १२ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ५१ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६५ हजार ७ सय ६५ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।