• २०८३ साउन २० गते बुधवार

सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २२, काठमाडौं । सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा काराेबार भइरहेकाे छ  ।

यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस