• २०८३ बैशाख ४ गते शुक्रवार

व्यासद्वारा विधेयक पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, तनहुँ  ।  व्यास नगरपालिकाको शुक्रबार सम्पन्न ३६ औँ नगर सभाले चार विधेयक र तीन संशोधन ऐन पारित गरेको छ । स्थानीय बजार व्यवस्थापन विधेयक २०७८, व्यास नगरपालिका सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन(कार्यविधि) विधेयक २०७८(पारित) गरेको हो ।

त्यसैगरी, आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८(संशोधन) गरेको छ । आ.व २०७८/०७९ को लागि ३५ औँ नगर सभामा नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा कार्यक्रम र समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ । आव २०७८/०७९ का लागि उपप्रमुख मीरा जोशीबाट प्रस्तुत रु.एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको संशोधित वजेट तथा कार्यक्रम संशोधन सहित पारित गरिएको छ । —

Sharing

प्रतिक्रिया दिनुहोस