• २०८३ असार १६ गते मङ्गलवार

दलका पदाधिकारी र केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरणबारे जानकारी गराउन निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई लेखापरीक्षण समयमै गराउन निर्देशन दिएको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले ६० दिनभित्र सम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा पेस गर्न र उक्त अभिलेख केन्द्रीय कार्यालयमा राख्न तथा त्यसको जानकारी आयोगलाई गराउन पनि निर्देशन दिइएको छ ।

“राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४१ बमोजिम समयमै लेखापरीक्षण गराई नियमित रूपमा प्रतिवेदन आयोगमा पेस गर्न तथा त्यस्तो प्रतिवेदन आयोगमा पेस गरेको मितिले एक महिनाभित्र सार्वजनिक गर्न साथै महाधिवेशनबाट दलको केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले साठी दिनभित्र राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५३ बमोजिम चल तथा अचल सम्पत्तिको विवरण दलको केन्द्रीय कार्यालयसमक्ष पेस गर्ने,” आयोगको निर्णयमा भनिएको छ।

“सोको अभिलेख दलको कार्यालयले राख्ने, सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी तथा सदस्यको नाम दफा ५३ को उपदफा ९१० बमोजिमको अवधि नाघेको एक महिनाभित्र प्रकाशन गर्ने कार्यको अनिवार्य कार्यान्वयन हुन र सोको जानकारी आयोगलाई गराउन ऐनको दफा ५७ बमोजिम आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दललाई निर्देशन दिने ।

Sharing

प्रतिक्रिया दिनुहोस