• २०८३ बैशाख ३१ गते बिहिवार

जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, इस्तियाक देखी प्रदिप यादवसम्म मन्त्री बन्दै,

प्रधानमन्त्री प्रेस सल्लाहकार भन्छन, ‘मन्त्रीको आजै सपथ हुन सक्छ’
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २०, काठमाडौं । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन ।

आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवत: आजै सपथ हुनेछ ।

प्रधानमन्त्री प्रेस सल्लाहकार भन्छन, ‘मन्त्रीको आजै सपथ हुन सक्छ’
जनता समाजवादी नेपाल पार्टीवाट सिफारिस भएका तीन जना मन्त्रीको सम्भवत: आजै सपथ हुने भएको छ । आइतवार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरेलगत्तै सोमवार नै सपथ गराउन लागिएको हो ।

‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले न्युज कारखानासँग भने, ‘सम्भवत: आजै सपथ हुनेछ ।’ उनका अनुसार अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरी तीन मन्त्री फिर्ता बोलाउने र उक्त स्थानमा तीनजनालाई मन्त्री बनाउने पत्र पार्टीका तर्फवाट बुझाएका छन ।

राजेन्द्र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयमा थमौती गर्दै भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई सिफारिस गरिएको छ । सो सिफारिसँगै भौतिक मन्त्री रेणुकुमारी यादव, कृषी मन्त्री महेन्द्रराय यादव र वन मन्त्री रामसहयाय यादव फिर्ता हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस