• २०८३ असार १८ गते बिहिवार

श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं । कोलम्बो–श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ । देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस