• २०८३ जेष्ठ ३० गते शनिवार

दैलेखमा आगोमा जलेर आमा–छोराको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन् ।चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस