• २०८३ जेष्ठ ७ गते बिहिवार

थप २५२६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो  चौबिस घण्टामा थप २ हजार ५ सय २६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६४ हजार २ सय १९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८ हजार ४ सय २५ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ९५ हजार ८ सय ६८ जना रहेको छ ।

मन्त्रालयका अनुसार  पछिल्लो चौबिस घण्टामा १६ जनाको मृत्यु भएको छ । योसगैं मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस