• २०८३ बैशाख २७ गते आइतवार

गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा पठाइयो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, गोरखा। गोरखकाली मन्दिरको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँघरमा फूलपाती पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् ।

दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा बा २ झ ३८८२ नम्बरको सरकारी गाडी फूलपाती लिएर काठमाण्डौतर्फ हिँडेको छ । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस