• २०८३ बैशाख २५ गते शुक्रवार

करणी गरेको अभियोगमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, बर्दिया। जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पर्हरिले बर्दियाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका ६ बस्ने ४१ मनिराम थारुलाई पक्राउ गरेको हो ।

थारुले ती बालिकालाई गत वैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका साथै बालिकालाई गर्भवती समेत बनाएको प्रहरीले जनाएको छ ।

थारुविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस