पौष १८, मुगु । हिमाली जिल्ला मुगुमा रहेका चार वटा स्थानीय तहहरु मध्ये सोरु गाँउपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकिहरुमा हिजो आज सामान्य सिटामोल औषधीको अभाव सुरु भएको छ ।हरेक बर्ष स्वास्थ्य क्षेत्रमा स्थानीय पालिका र संघिय सरकार बाट लाखौको बजेट बिनियोनज गरेपनि सोरु गाँउपालिकामा रहेका आधारभूत स्वास्थ्य सस्था देखी स्वाथ्य चौकी हुदै स्वास्थ्य शाखाको गोदाम सम्म पनि सिटामोलको अभाव भएको हो ।

सामान्य रुघाखोकी देखी अन्य बिरामी पर्दा उपचारका लागी पालीका भित्र रहेका एक देखी ११ वडाका नागरीकहरु उपचार गर्नको लागी हिजा आज च्रको मूल्य तिरेर निजी मेडिकल र गमगढी बजार पुगेर औषधी उपचार गर्न बाध्य रहेका छन । देशले बिभिन्न काल खण्डका राजनैनिक परिवर्तन गर्दे आए पछि पछिल्लो समयमा सिङ्गो देश संधियतामा गएपछि सिंहदरवारको अधिकार गाँउ गाँउमा भन्ने मुल नाराका साथमा खुसी भएका आम नेपाली मध्य मुगुको सोरु गाउपालिकाका बासिन्दाहरु संघियता आएको चार बर्ष भन्दा बढी समय बिती सक्दा पनि सिटामोल लगाएतका अन्य औषधीहरु पालिका भित्र कुनै पनि निकाय बाट सहज रुपमा उपचार औषधि नपाउदा निकै मर्कामा पर्ने गरेका छन् ।

स्वास्थ्य संस्थामा राज्यको कोष बाट तलव भत्ता खाने कर्मचारी पनि पालिकाले औषधी उपलब्ध नगराउदा घाम तापेर दिन बिताई रहेका छन भने उपचारको लागी स्वास्थ्य सस्थामा पुगेका नागरीकहरुलाई औषधी छैनन् भन्दै निजी मेडीकल र घर फ्काउर्ने गरेका छन । बिरामीहुदा मेडिकलमा महँगो मूल्य तिरेर उपचार गर्नु पर्ने बाध्य भएका छन भने कहिले कसो फेज नेपाल नामक सस्था बाट सन्चालन गरीएको स्वास्थ्य क्याम शिविर बाट उपचार औषधिको जोहो गर्ने गरेको सोरु गाँउपालिका वडा नम्बर ६ सोरुकोट बस्ने स्थानीय बलिराज शाहीले बताए ।
गाँउपालिका बाट आउने औषधी गत बर्ष ३ महिना सम्म पनि पुगेन यो बर्ष कुनै पनि औषधी पालिका बाट आएको छैन । हिजो आज सामान्य सिटामोल पनि छैनन । सरकारी स्वास्थ्यका कर्मचारीहरु स्वास्थ्य सस्थामा बसेपनि भो नबसेपनि भो बिरामी आउन्छन औषधी छैन , धेरै पटक पालिका संग माग गरेका छौ औषधीनै आउदैनन यता कहिले काही सुत्केरी आमाहरु आउन्छन सुत्केरी गराउदा प्रर्याप्त सामाग्रीहरुको अभिव छ बिधुत नहुदा मोवाईलको लाईट बालेर सुत्केरी गराउन बाध्य भएको स्वास्थ्य चौकी नार्थपुका अहेव टिकाराज आर्यायले बताए । उनका अनुसार महिलाले प्रयोग गर्ने गर्भ निरोधात्मक अस्थाइ साधन पनि नहुदा पछिले समय सोरुमा जन्मान्तरमा वृद्धि हुदै गएको छ । औषधीको चरम अभाव भए पछि औषधी स्टोर गरी राख्ने स्थान समेत खाली रहेका छन ।
यता सोरु गाँउपालिका स्वास्य शाखाका अनुसार आ.व २०७७।०७८ मा खरीद गरेको औषधीले अहिले सम्म काम चलाएको र आ.व २०७८।०८९को औषधी खरीद गर्नको लागी पालिका बाट बजेट बिनियोजन गरेको भएपनि प्रमुख प्रशासकिय अधिकृतहरुको फेर बदल खाता सन्चालन लगाएत अन्य कारणले गर्दा अन्य नियमित कार्यक्रम र औषधी खरीद नहुदा पालिका भित्र औषधीको चरम अभाव भएको स्वास्थ्य संयोजक कर्ण बहादुर सावतले बताए ।