असार १७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।
राप्रपा तारकेश्वर द्वारा नेपालटारमा मसाल जुलुस
राष्ट्रिय प्रजातन्त्र पार्टीले राखेको २२ बुदा माग पुरा नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी तारकेश्वर नगर कमिटी तथा राप्रसिसं ग्रामिण, एन आर कमिटीद्वारा नेपालटारमा राके जुलुस प्रदर्शन गरेको छ । मुल्य बृद्धि फिर्ता गर, संघियता खारेज गर, राप्रपा जिन्दाबाद, शेरे तेरो पाराले दुःख पायो साराले, संबैधानिक राजतन्त्र कायम गर जस्ता नाराहरु लगाएका थिए । जुलुसपछि कोणसभामा बोल्दै तारकेश्वर नगर कमिटीका अध्यक्ष बसन्त कुमार बस्नेतले २२ बुदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए ।