• २०८३ जेष्ठ ७ गते बिहिवार

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचनको विषयमा मङ्गलबार छलफल हुँदैछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रधानमन्त्री देउवासँग दिउँसो दिउँसो ३ छलफल हुँदैछ ।

प्रधानमन्त्री देउवाले छलफलका लागि आयोगका पदाधिकारीलाई बालुवाटार बोलाउनुभएको हो । प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो । यसका लागि आयोगका पदाधिकारीसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय सरकारमा निर्वाचित सदस्यहरूको पाँच वर्षे कार्यकाल आगामी वर्षको जेठ ५ मा सकिन्छ । त्यसको दुई महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Sharing

प्रतिक्रिया दिनुहोस