माघ १८, मकवानपुर । राक्सिराङ गाउँपालिका-५ चैनपुर बगरस्थित चैनपुर मनहरी सडकबाट करिब १ क्विनटल १० केजी अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका-५ बस्ने ३६ वर्षीय राम कुमार प्रजालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ठाडेचुरीबाट घट्टे खोलातर्फ जाँदै गरेका ४र५ जना मानिसहरु पिठ्युमा बोरा बोकी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीलाई देख्ना साथ पिठ्युमा बोकेको बोरा फाली भाग्न खोज्दा उनीहरुमध्ये रामकुमारलाई नियन्त्रणमा लिई बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
हाल फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।