• २०८३ बैशाख १६ गते बुधवार

यातायात र बजार बन्द गर्ने सिके राउतका १४ कार्यकर्ता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, सप्तरी । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका १४ जना कार्यकर्तालाई प्रहरीले सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरेको छ। हातहातमा लाठी बोकेर बजार तथा यातायात बन्द गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जनमत पार्टीका जिल्ला संयोजक किसान मण्डल, सचिव थानेश्वर साह, कोषाध्यक्ष शम्भुकुमार साह, हनुमाननगर कंकालिनी–१ का संयोजक सुरेन्द्र मण्डल, सुशीलाकुमारी यादव, पंकजकुमार सिन्हा, रामकृष्ण मण्डल, प्रदीपकुमार मण्डल, चन्देश्वर मण्डल, रूपेशकुमार यादव, योगेन्द्र साहसहित १४ जना पक्राउ परेको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस