• २०८३ बैशाख ८ गते मङ्गलवार

ट्र्याक्टर दुर्घटनामा मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका–४स्थित सडकमा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

सात जना रहेको सो ट्रयाक्टर तीव्रगतिका कारण आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकसँगै बसेका शैलेन्द्रको ट्र्याक्टरमा च्यापिएर मृत्यु भएको हो । मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।

साथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस