• २०८३ बैशाख २३ गते बुधवार

दसैँ, तिहारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा जनता मर्कामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 कात्तिक १४, हुम्ला । हिन्दूको महान् चाड दसैँ तिहारमा छुट भइराखेकामा यस वर्ष भने दैनिक उपभोग्य सामानको मूल्य अभिवृद्धि हुँदा जनता मर्कामा परेका छन् ।

हुम्ला उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहारका अवसरमा स्थानीय जनतालाई दैनिक उपभोग्य सामानमा छुट दिनका लागि संयुक्त निर्णय गरे पनि सर्वसाधारण जनताले दैनिक उपभोग्य सामान महँगोमा लिन बाध्य भएको कृषक गङ्गाबहादुर शाहीले जानकारी दिनुभयो ।

व्यापारी रामचन्द्र बुढाले गत वर्षदेखि नेपालगञ्ज सुर्खेतमा उपभोग्य सामान गोदाममा थन्किएकाले मूल्यवृद्धि भएको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस