• २०८३ असोज ८ गते बिहिवार

रौतटहमा गोली चल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, रौतहट ।  रौतहटको गुजारा नगरपालिका–४ स्थित मतदान केन्द्रमा हवाई फायर भएको छ । आज बिहान मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

मतदानका क्रममा दुई पक्षबीच भएको विवादले उग्ररूप लिएपछि प्रहरीले बल प्रयोग गरेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार हवाई फायर भएको हो ।

सो क्षेत्रमा अहिले तनाव भएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस