• २०८३ साउन ३१ गते आइतवार

जुवाडेहरुको सुचना संकलन भइरहेको छ जुवा संचालन गर्नेहरु पक्राउ पर्छन बाँके एसपी:अधिकारी

 सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १४, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बाँकेमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे प्रहरीले सुचना संकलन गरिरहेको बताउनुभएको छ ।

उहाँले सुचना संकलन भइरहेको र केही दिनमै जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो । उहाँले नेपाल कागजसंग कुरा गर्दै भन्नुभयो, ‘जुवा-तासको खाल संचालन गर्नु अपराध हो, २-४ ठाउँमा छापा हान्दैछौँ ।

बाँकेमा कहाँ-कुन ठाउँमा जुवा-तासको खाल संचालन भइरहेको छ भन्ने बारे हामीलाई सुचना दिनुहोस्, प्रहरीले तुरुन्तै कारबाही गर्छ, हामी हाम्रो तर्फबाट सतर्क भएर चुस्त रुपमा लागिरहेका छौँ, सचेत नागरिकसंगपनी सुचनाको अपेक्षा गर्छौँ, कतै गलत भइरहेको छ भने हामीलाई संपर्क गर्नुहोस् ।’

No description available.

उहाँले अहिले जुवाडेहरु धेरै चलाख भइसकेको, सानो समुह बनाएर बिभिन्न हतकण्डा अपनाएर जुवा-तास खेल्ने गरेकाले प्रहरी समक्ष सुचना आउन नसकेकाले कहीँ-कतै लुकिछिपी त्यस्ता गतिबिधी भएका छन भने प्रहरीलाई सहयोग गर्न नागरिकहरुलाई आग्रह गर्नुभयो ।

प्रहरीको आँखा छली बाँकेमा करोडौँको जुवा खाल संचालन उपरीक्षक अधिकारीले जुवा-तासको केसमा प्रहरीलाई समेत बिबादमा ल्याउने धेरै जुवाडेहरुको प्रयास हुने भएकाले पुख्ता-तथ्यगत सुचना संकल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरीलाई सहयोग र साथ दिनुहोस्, तँपाइको छेउँ-छाउँमा कहीँ कतै कुनै अपराधिक प्रवृत्ति बढी रहेको छ वा त्यस्ता मनोवृत्तिका मानिसहरु देख्नुहुन्छ भने प्रहरीलाई संपर्क गर्नुहोस्, सिधै मलाई संपर्क गर्नुहोस् ।’ उहाँले नागरिक पनि आफैमा प्रहरी हुने गरेकाले नागरिक-प्रहरी साझेदारी गर्दै अपराध निर्मुल गर्ने दिशामा हात मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस