जेठ १७, नुवाकोट । नुवाकोट जिल्ला पञ्चकन्या गाउँ पालिका बाट बुद्धको मुर्ति चोरी भएको छ । पन्चकन्या गाउँपालिका वडा नं. १को ऐतिहासिक चमेरो गुफामा रहेको गुम्बाबाट गुम्बा तोडफोड गरि बुद्ध मुर्ति चोरी भएके हो ।

वडा नं १ को ऐतिहासिक चमेरो गुफामा रहेको गुम्बाबाट गुम्बा तोडफोड गरि बुद्ध को मुर्ति चोरीहुनु निन्दनिय छ नेपाली कांग्रेसको स्थानीय नेता रामशरण श्रेष्ठले बताए । यसअघि वडा नं. २, कविलासको वडा कार्यलयमा मिति २०७७ चैत्र २४ गते राति सामाजिक सुरक्षा भत्ता वापतको रकम नगद करीब त्रिपन्न लाख भन्दा बढी चोरि भएको बिषयमा सम्बन्धित निकायबाट प्रभाबकारी अनुसन्धान नभएको स्थानीयहरुले बताएका छन् ।

सामाजिक सुरक्ष रकम चोरी हुदा पनि हाल सम्म चोर पत्ता लगाउन नसक्न, विगतका दिनहरुमा गाउँ पालिकाको विभिन्न ठाउँहरुमा विभिन्न व्यक्तिहरुका घर, खसी बोका चोरी तथा विद्यालय तोड फोड ,मन्दिर तथा गुम्बा तोडफोड ,सार्वजनिक बन्दै गरेको चौतारा बाट पाइप चोरी भएको घटनाको जानकारी हुँदाहुदै सुरक्षाको कुनै पनि प्रत्याभुती नगर्नु जस्ता कारणले चोरको मनोबल बढेकोले चोरीका घटना भइराखेको स्थानियले बताए ।
यस अघि भएको घटनाको सत्य तथ्य बाहिर नआउनु र दण्डहीनताको कारणले अपराधिक गतिविधि बडेको देखिन्छ । तसर्थ सम्बन्धित निकायहरुले तत्काल अनुसन्धान गरि संलग्न दोषीहरुलाई कानुन बमोजिम कारबाही गर्न जोडदार माग गर्दछौं स्थानियबासीले बताए ।