जेठ १७, रामेछाप । लिखु तामाकोसी गाउपालिका वडा नम्बर १ दुरा गाउँ कटिको दलित बस्तीमा कोरोना सङ्क्रमित भएर दुइजनाको मृत्यु भएपछि बस्तिमा सन्त्रास छाएको छ। रामबहादुर बर्मा साका र कृष्णबहादुर बर्मा साकाको केही दिन पहिले मृत्यु भएको थियो।

गाउनै आतङ्कित हुन थालेपछि नेकपा एमाले जिल्ला कमिटीको पहलमा लिखु तामाकोसी गाउँपालिकाले उक्त गाउँमा एन्टिजेन कीटबाट स्वाव परिक्षण गरेको छ।एक सयभन्दा धेरैमा गरिएको स्वाव परिक्षणमा दुईजनालाई मात्र कोरोना पोजेटिभ देखिएको छ। बुना बर्मा र सङ्गिता बर्मा साकालाइ पोजेटिभ देखिएको छ। डाक्टर सुजन कडरियाको नेतृत्वमा स्वास्थकर्मिलाई दुरागाउमा एमालेले पठाएको थियोे ।

गाउँपालिका अध्यक्ष गोबिन्द खड्का र एमाले जिल्ला कमिटी सचीव पुरुषोत्तम कडरियाले गाउका जनतालाई नडाराइ सुरक्षित रहि बस्न आग्रह गरेका छन । कुनै पनि स्वास्थ समस्या परेमा र औषधिहरु नपाएमा गाउँपालिका वा जिल्ला कमिटीमा सम्पर्क गर्न समेत खड्का र कडरियाले अनुरोध गरेका छन । सम्भाबित सङ्क्रमण रोक्न र सन्क्रमितलाई उपचारर्थ आइसोलेसनको ब्यबस्थापन गर्न समेत खड्का र कडरियाले स्थानीय बासिन्दा र स्वास्थ चौकि सग छलफल गरेका छन।
