जेठ १७, काठमाडौं । चन्द्रागिरि नपा वडा नं ८ मातातिर्थ स्थित सामूदायिक अस्पतालको निर्माणधिनमा रहेको नगर स्तरीय आईसोलेशन सेन्टरको शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठले अवलोकन भ्रमण गर्नु भएको छ। नगरपालिकाद्धारा निर्माणधिन आईसोलेशन सेन्टरको बिहान भ्रमण गर्नु भएको हो ।

सो अवसरमा चन्द्रागिरि नपा भित्र वडा नं ३ को नवनिर्मित वडा कार्यालयमा र वडा १२ स्थित नहुँदा स्वास्थ्य सामूदायिक भवनमा बिभिन्न संघ संस्था एवं समुदायको तर्फबाट संचालन भै रहेको आईसोलेशन सेन्टरहरूको समेत जानकारी लिनुभयो । साथै विदेशी दातृ राष्ट्रहरुले कोभिड बिरूद्ध दिएका स्वास्थ्य सामाग्रीहरू चन्द्रागिरिका आईसोलेशनहरूलाई उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दै निकट दिनमा स्थापना हुने अक्सिजन प्लान्ट स्थलको समेत निरीक्षण गरि फर्कनु भयो।