• २०८३ बैशाख १७ गते बिहिवार

औषधी कालोबजारी गरेको आरोपमा मेडिकल स्टोरका सञ्चालक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, मोरङ । औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले विराटनगर(१५ रानीस्थित जनता मेडिकल स्टोर सञ्चालकलाई पक्राउ गरेको छ। मोरङ प्रहरीले विराटनगर-१५ रानीका ३५ वर्षीय रविकुमार रजकलाई आइतबार दिउँसो साढे १ बजे घरैबाट पक्राउ गरेको हो।

उनको घरमा फिजिसियन स्याम्पलका औषधीहरू, मुटु सम्बन्धीका औषधीहरू, पेनकिलर, एन्टिबायोटिक, इन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरू र सेनिटाइजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू बरामद गरेको भएको प्रहरीले जनाएको छ।

उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याएर बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रजकलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस