• २०८३ असोज ५ गते सोमवार

ब्ल्याकमेलिङ गरेर रकम माग्ने प्रवृत्ति बढेको भन्दै सजग रहन साइबर ब्यूरोको आग्रह (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १७, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय विद्युतीय माध्ययमबाट अपराध बढेको भन्दै सचेत हुन आग्रह गरेको छ। आइतबार ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले विज्ञप्ति जारी गर्दै यस्ता अपराधबाट जोगिन अनुरोध गरेका हुन्।

Central Cyber Bureau, Kathmandu

यसका लागि केही आपराधिक समूहहरू नै सक्रिय रहेको ब्यूरोले जनाएको छ। ती समूहले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको र उनीहरूलाई मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमो लगायतमा कल गरेको पाइएको छ। त्यसपछि अनैतिक कुराकानी र अश्लिल कृयाकलाप गरी उक्साएर उनीहरूलाई पनि संलग्न गराउने पाइएको भन्दै विज्ञप्ति जारी गरेको हो। साथै उनीहरूले त्यस्ता क्रियाकलापमा संलग्न भएपछि भिडिओ रेकर्डिङ गरेर ब्ल्याकमेलिङ गरी रकम माग्ने गरेको एसएसपी अर्यालले बताए।

‘धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरू बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो कृयाकलाप प्रति सजग रहन तथा आपराधिक ब्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल, भ्वाइसकल नगर्नु हुन सम्बन्धित सबैको जानकारी तथा जनचेतनाको लागि सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ती

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस