चैत १८, काठमाडौँ। थप १ सय ६२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १४ सय ९३ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार ७ सय ८६ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार ३० जना पुगेको छ ।