माघ १८, सप्तरी। सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर राजविराज नगरपालिका-४ बस्ने २२ वर्षीय मोहित साहको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।