मंसिर १४, लमजुङ। बैंकिङ कसूरका फरार प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । बेसीशहर नगरपालिका ३ बसौलाका प्रजिता गुरुङलाई उच्च अदालत पाटनले ५ पुस, ०७७ मा १ दिन कैद र दुई लाख जरिवाना तोकेको थियो ।
फैसलादेखि फरार रहेकी गुरुङलाई सोमबार पक्राउ गरिएको लमजुङका प्रहरीले जनाएको छ । उनलाई सोमबार नै लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार लमजुङमा पठाइएको छ । गुरुङले जरिवाना वापतको रकम बुझाएकी हुँदा एक दिन कैदका लागि सोमबार नै कारागार चलान गरिएको छ ।