• २०८३ बैशाख ८ गते मङ्गलवार

थप ३७२ जनामा कोरोना संक्रमण, ९११ जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा थप ३ सय ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ । योसगैं नेपालमा संक्रमितको संख्या ८ लाख १२ हजार १ सय ९४ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २६जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ९ सय ११ जना डिस्चार्ज भएका छन । योसगैं आजसम्म घर फर्किनेको संख्या ७ लाख ९१ हजार २ सय ६९ जना रहेको छ ।

पछिल्लो चौविस घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । योसगैं मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस