• २०८३ कार्तिक १ गते शनिवार

थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६१ हजार १ सय २४ जना पुगेको छ ।

आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ जना रहेका छन । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घण्टामा १ हजार ८ सय ८ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख १४ हजार ५ सय २० जना रहेको छ । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घण्टामा १६ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस