जेठ १६, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ८०४, भक्तपुरमा ११३ जना र ललितपुरमा १७६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज देशभर थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ भने आज ६ हजार २ सय ५ जना डिस्चार्ज भएका छन । पछिल्लो चौबीस घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार २७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।